९ भाद्र २०७८, बुधवार

कुवेत सरकारले अवैधानिक (ईलिगल) रुपमा बसोवास गर्दै आएका बिदेशी श्रमिकहरुका लागि कोरोनाविरुद्धको खोपको व्यवस्था गरेको छ । विहिवार सम्मको लागि ओफ्रा हेल्थसेन्टरमा आवश्यक कागजपत्र लिएर खोप लगाउने पाइनै भएको छ ।
गैरआवासीय नेपाली संघ कुवेतले अवैधानिक नेपाली कामदारहरुलाई खोप प्राप्तिको लागि समन्वय गरिरहेको छ । एनआरएनए कुवेतका महासचिव दिल कुमार पाख्रिनले कुवेतमा अवैधानिक रुपमा बसोबास गर्ने सबै नेपालीहरुलाई एनआरएनको सम्पर्कमा आउन समेत अनुरोध गरेका छन ।खोप लगाउन जाँदा पासपोर्ट वा सिभिल आइडिको फोटो मोबाइलमा हुनुपर्नेछ भने मोबाइलमा कुवेतको लोकल कल वाला सिमकार्ड अनिवार्य गरिएको छ
यस्तै खोप लगाउन जाँदा अरुको पासपोर्ट कपि लिएर गए कुवेत सरकारको कानून बमोजिम कारवाही हुने पनि बताइएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर