दिनेश खड्का खप्तडि/ क्वालालम्पुर

९ भाद्र २०७८, बुधवार

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

मलेसियामा कोरोना सक्रमणवाट रामेछापको एक नेपालीको मृत्यु भएको छ ।
खाडाँदेवि गाउँपालिका वडा न ५ गोगनपानीका ४२ वर्षका नर वहादुर कार्किको मृत्यु भएको हो ।
चार वर्ष अगाडि रोजगारीको लागिे कावासन इडष्टिज वातुकेभ सेलाङरमा आएका कार्कि पहिलो कम्पनी छाडेर छ महिना देखि केलाङमा रहेको इण्डोपेपर कम्पनीमा कार्यरत रहेका थिए ।
केहि दिन अगाडि देखि कोरोना संक्रमण देखिएपछि उनलाई थप उपचारको लागि केलाङ अस्पतालमा लगेर कम्पनीले भर्ना गरेको थियो ।
उपचारकै क्रममा कार्किको सोमवार साझँ मृत्यु भएको हो । शव अहिले केलाङ अस्पतालमै रहेको समाजेवि पुरुषोत्तमले जानकारी गराएका छन ।
कम्पनीमा कार्यरत नेपालीहरुले दिएको जानकारी अनुसार कम्पनीले अस्पताल तथा मलेसियामा लाग्ने सवै खर्च गर्ने र मलेसियन ५ हजार रिगेट नेपालमा घर परिवारलाई पठाईदिने वचन गरेको छ ।
कार्किको परिवारमा श्रीमती एक छोरा र एक छोरी रहेका छन ।

प्रतिक्रिया

सम्बन्धित खवर