
९ भाद्र २०७८, बुधवार
तेह्रथुम पावर कम्पनी लिमिटेडले भदौ ९ गते मङ्गलबार देखि सर्वसाधारणका लागि ८ करोड मूल्य बराबरको प्राथमिक शेयर (आईपीओ) जारी गरेको छ।
कम्पनीले १०० रुपैयाँ अंकित दरका ८ लाख कित्ता प्राथमिक शेयर निष्कासन गरेको हो।
कुल निष्काशनमा आएको ८ लाख कित्तामध्ये १६ हजार कित्ता कम्पनीका कर्मचारीका लागि र ४० हजार कित्ता शेयर म्युचुअल फण्डहरुका लागि छुट्याइएको छ । बाँकी ७ लाख ४४ हजार कित्ताका लागि सर्वसाधारणबाट आवेदन मागिएको छ ।