१० भाद्र २०७७, बुधवार

सुदूरपश्चिमको मौलिक संस्कृति झल्किने गौरा पर्वको आज मुख्य दिन, आज अठवली अर्थात् अष्टमी हो । यस दिन गौराको पूजाआजा गरी मनाइन्छ ।
गौरा पर्व डडेल्धुरा, दार्चुला, बैतडी, डोटी बझाङ, अछाम, कैलाली, कञ्चनपुर आ(आफ्नै धार्मिक तथा सांस्कृतिक मान्यता धुमधाम सँग मनाईदै छ । भदौ शुक्ल पञ्चमीका दिन महिलाहरुले व्रत बसी केराउ, गहत, गहुँ, मास र गुरौस मिसाएर तामाको भाँडामा विरुडा भिजाएपछि गौरा पर्वको थालनी हुन्छ ।
भदौ शुक्ल पञ्चमीका दिन भिजाइएको बिरुडा भोलिपल्ट षष्ठीका दिन नजिकको धारा, तलाउ वा पोखरीमा लगेर धुने चलन छ । त्यस्तै सप्तमीका दिन गौरा देवीलाई नजिकैको मठमन्दिरमा भित्र्याएर पूजा अर्चना गरी विवाहित महिलाहरुले दुवधागो चढाउने चलन छ । अठवली अर्थात् अष्टमीको दिन व्रत बसेर गौरा पर्व मनाउने स्थल गौरा खला (आँगन) मा पार्वती र शिवको पूजापाठ गर्ने चलन छ ।

यसैविच सुदूरपश्चिमेलीहरु को महान पर्व गौराको अवसरमा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले शुभकामना व्यक्त गरेका छन् ।
शुभकामनामा मुख्यमन्त्री भट्टले पर्वका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण प्रदेशबासी दाजु,भाइ तथा दिद,(बहिनीमा सुख, शान्ति, समृद्धिका साथै प्रदेशबासीबीच धार्मिक सहिष्णुता, सदभाव कायम रहोस् भनी कामना व्यक्त गरेका छन् ।
मुख्यमन्त्री भट्टद्वारा जारी शुभकामना सन्देशमा भनिएको छ, ’अहिले कोरोना भाईरस (कोभिड(१९) को संक्रमणको महामारीबाट उत्पन्न जटिल स्वास्थ्य सम्बन्धि सजकता अपनाउँदै आपसी समझदारी र बन्धुत्वको भावना जोगाइ गौरा पर्वलाई खुसीयालीका साथ मनाउनुहुने छ भन्ने विश्वास व्यक्त गर्द छु ।’

प्रतिक्रिया

सम्बन्धित खवर