८ भाद्र २०७८, मंगलवार

तनहुँमा सवारी साधन सञ्चालनमा जोरविजोर प्रणाली लागू गर्ने गरी निषेधाज्ञा भदौ १५ गतेसम्म थपिएको छ ।

हिजो बसेको कोभिड ब्यवस्थापन बसेको वैठकले सोमबार रातीदेखि लागू हुने गरी निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो ।

उता, सुर्खेतमा पनि एक साता निषेधाज्ञा थप गरिएको छ । सुर्खेत प्रशासनले औषधि पसलहरू २४सै घण्टा खुला गरेको छ भने तरकारी, फलफूल तथा दुग्धजन्य पदार्थका लागि बिहान ६ बजे देखि बेलुका ६ बजेसम्म खुला गरेको छ ।

त्यस्तै खाद्यान्न लगायत अन्य पसल बिहान ८ बजे देखि बेलुका ७ बजेसम्म खोल्न पाइने बताईएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर