८ भाद्र २०७८, मंगलवार

गैर आवासीय नेपाली संघ स्पेन र नेपाली दुतावासविच अन्तरक्रिया कार्यक्रम भएको छ ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

सोहि अवसरमा अध्यक्ष शालिकराम डुम्रेले एनआरएनका बिगतका कार्यसमितीहरुले जस्तै आफुहरुले पनि दुतावाससँग सहकार्य गरेर अघि बढ्ने बताउदै स्पेन स्थित नेपालीका समस्याहरु समेटेर दुतावासलाई ज्ञापन पत्र बुझाएको छ ।

ज्ञापनपत्र वुझदै राजदुत दावाफुटी शेर्पाले दुतावासले सधैं स्पेन स्थित नेपाली समुदाय र सबै सङ्संस्थासँग सहकार्यको क्रम जारी राख्ने बताए ।
अन्तरक्रिया कार्यक्रममा एनआरएनए स्पेनका महासचिव बिदुर गौतमले ज्ञापन पत्र पढेर सुनाएका थिए ।

कार्यक्रममा दुतावासका दृतीय सचिव अर्जुन अधिकारी, सहचारी करिश्मा अधिकारी एनआरएन आइसीसी सदस्य चिन्तामणी सापकोटा, मानार्थ आइसीसी एकराज गिरी, एनआरएन स्पेनका उपाध्यक्षहरु कृष्ण राम रानाभाट, सनु राउत, श्रीजना लामिछाने, रोशन पाठक, पूर्व उपाध्यक्ष उत्तर राई, सचिव नारायण भट्टराई, प्रबक्ता लक्ष्मण खत्री, महिला सयोजक देबी गौतम भण्डारी, युवा संयोजक मनुश जंग खड्काको सहभागिता रहेको थियो ।

यसैगरी सदस्य सुजिल गोले, रीता आचार्य, दीपक परियार, जमुना देबी सापकोटा,क्षेत्रीय समिती म्याड्रिडका अध्यक्ष मेघ नाथ ढकाल, कोस्ताब्लन्काका अध्यक्ष देवराज सापकोटा, महिला संयोजक९कोस्ताब्लन्का० मुना महत घिमिरे, जन सम्पर्क समिती स्पेनका अध्यक्ष इन्द्र प्रसाद शर्मा, पुर्बेली नेपाली एकता समाजका अध्यक्ष पुरुषोत्तम भट्टराई, एनआरएन स्पेनका पूर्व सल्लाहाकार सन्तोष श्रेष्ठ लगायतको सहभागिता रहेको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर