
७ भाद्र २०७८, सोमवार
गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्को १० औं महाधिवेशनमा बेल्जिमका पूर्ब अध्यक्ष गंगाधर गौतमले सचिवमा उम्मेद्वारी दिने भएका छन्।
आफूहरुले नेपाली नागरिकताको निरन्तरताका लागि पहल गर्ने बताए। एनआरएनए बिधान संशोधन समितिका उपसंयोजकसमेत रहेका गौतम त्यसका लागि सरकार र राजनीतिक तहमा छलफल गरी निकर्षमा लैजाने नेतृत्व आजको खाँचो भएको बताउँछन्।
८३ मुलुकका एनआरएनए आबद्ध सदस्यहरुले पहिलो पटक अनलाईनबाट नेतृत्व चयनका लागि मतदान गर्दैछन्।
नेवि संघ बागलुङका पूर्ब अध्यक्ष गौतम माओवादी द्धन्दका कारण बिस्थापित भएका थिए। बिदेशिएसँगै युरोप जनसम्पर्क समिति गठनमा सहभागी भएका थिए। जनसम्पर्क समिति बेल्जियमका संस्थापक महामन्त्री गौतम युरोप च्याप्टरका महामन्त्री पनि हुन्। गौतम बिभिन्न सामाजिक संघसंस्थामा आबद्ध छन्। गौतम नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका अन्तर्राष्ट्रिय संयोजक हुन्।