
दिनेश खड्का खप्तडि/ क्वालालम्पुर
मलेसियामा कोरोना सक्रमणवाट एक नेपालीको मृत्यु भएको छ ।
रोल्पा जिल्ला घर भई मलेसियाको जोहोरको मुहारमा रहेको एक फर्निचर मार्केट कम्पनीमा कार्यरत ४९ वर्षका पले ओलीको मृत्यु भएको हो ।
ओली करीव ११ वर्षदेखि होम अपहोस्टेरीेको भिषामा मलेसियामा कार्यरत रहेका थिए । केहि दिन अगाडि देखि उनमा कोरोना सक्रमण देखिएको सगै काम गर्ने साथी दुर्गा भण्डारीले जानकारी गराए । अस्पताल लैजानको लागि कम्पनीले पहल गरेको भएपनि कहिले ओली आफैले जान नखोज्ने कहिले कम्पनीले वास्ता नगर्ने गरेको साथीहरुले बताए ।
शव लाई पोसमार्टम पश्चात मलेसियाकै मुहारमा अत्येष्टि गर्ने तैयारी भइरहेको भण्डारीले जानकारी दिए ।