६ भाद्र २०७८, आइतवार
गैर आवासिय नेपाली संघ कुवेतको विशेष सहयोगमा मोरङ जिल्ला बुढीगङ्गा गाउँपलिका वार्ड न ७ (डङ्ग्राहा टोल) कि द्रोपती कुमारी माझिको शव आईतवार नेपाल आउने भएको छ ।
आज आईतवार कतार एयरवेजवाट शवलाई नेपाल पठाउन थालिएको एनआरएन कुवेतका महासचिव दिल कुमार पाख्रीनले जानकारी दिनुभयो ।
चार बर्ष अगाडि भारतको बाटो हुँदै घरेलु कामदारको रुपमा कुवेत आइपुगेकी द्रौपती दुई हप्ता पहिले झुन्डिएर आत्महत्या गरेको थिइन । शवलाई नेपाल पठाउन आवश्यक रकम नभएको अवस्थामा शव कुवेतमा अलपत्र अवस्थामा रहेको थियो ।
शब नेपाल पठाउन ३८५ कुवेती दिनार आवश्यक भएकाले सवैको सहयोगमा रकम संकलन गरेर शवलाई नेपाल पठाईने एनआरएनए कुवेतले सुचना प्रकाशित गरेको दुईदिनमै रकम संकलन भएपछि शव पठाउन सहज भएको हो ।
शव नेपाल पठाउन आवश्यक पर्ने रकम जम्मा भैसकेकोले कसैले पनि फेरी सहयोग नउठाउन एनआरएनए कुवेतले सवैमा अनुरोध गर्दे सहयोग गर्ने सवैलाई धन्यवाद दिएको छ ।
कुवेत तथा खाडी मुलुकमा घरेलु कामदारहरुको राम्रो व्यवस्थापन हुन नसक्दा शारीरिक, मानसिक तथा पारिश्रमिक शोषण भएको भन्दै २०१५ देखि नेपाल सरकारले नेपालबाट खाडी मुलुकका लागि घरेलु कामदार बन्द गरेको छ ।












