१० भाद्र २०७७, बुधवार

कैलाली जिल्लाकाे धनगढी उपमहानगरपालिका वडा नम्वर ३ का वडाध्यक्ष बलवहादुर ऐर पक्राउ परेका छन् ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

जिल्ला प्रहरी कार्यालय कैलालीको टोलीले उनलाई कैलालीको त्रिनगर नाकाबाट पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक दानबहादुर रोकायाले मादक पदार्थ सेवन गरेर हल्ला गरेपछि वडाध्यक्ष ऐरलाई पक्राउ गरिएको जानकारी दिए ।

वडाध्यक्ष ऐरले धनगढीमा ससुराली भएका भारतीय नागरिकलाई त्रिनगर नाका भएर प्रवेश अनुमति दिएका थिए । उनी आफै जिम्मा समेत बसेका थिए ।

स्थानीय प्रशासनले भारतीय नागरिकलाई ल्याउन नपाइने भन्दै फिर्ता पठाएपछि नाकामा विवाद भएको थियो । सोही विवादका क्रममा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर