६ भाद्र २०७८, आइतवार

नेपाली कांग्रेसका जिल्ला सभापतिले अविलम्ब क्रियाशील सदस्यताको सम्पूर्ण सूची सार्वजनिक गर्न माग गर्नुभएको छ ।

सबै जिल्लाका सभापतिको निर्वाचन प्रक्रियामा एकरूपता आउने गरी निर्वाचन निर्देशिकालाई संशोधन गर्नपर्नेु जिल्ला सभापतिहरुको   माग छ ।

गत साउन ३० गते सम्पन्न कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले केन्द्रीय क्रियाशील सदस्यता छानबिन समितिको प्रतिवेदन पारित गरेको छ ।

प्रतिवेदनमा उल्लेखित निर्णय गर्न बाँकी कार्यका बारेमा शनिबार पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलको उपस्थितिमा नेताहरू सिटौला, रिजाल र लेखकसहित छलफल भएको थियो । क्रियाशील सदस्यताको बाँकी काम अन्तिम चरणमा पुगेको र आइतबारसम्म सम्पन्न हुने नेता लेखकले जानकारी दिनुभयो ।

साउन ३० गतेको केन्द्रीय समिति बैठकले पार्टीको १४औँ महाधिवेशनको संशोधित कार्यतालिका पारित गरेको थियो । उक्त कार्यतालिकाअनुसार गाउँ/नगर वडा अधिवेशन यही भदौ १८ गते, गाउँ/नगरपालिका अधिवेशन भदौ २७ गते, प्रदेशसभा क्षेत्रीय अधिवेशन आगामी असोज १ गते, प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन/एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन असोज ५ गते हुनेछ ।

यसैगरी कांग्रेसले एक भन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन असोज १० गते, प्रदेश अधिवेशन कात्तिक १० देखि १२ गतेसम्म र केन्द्रीय महाधिवेशन आगामी मङ्सिर ९ देखि १३ गतेसम्म तय गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर