५ भाद्र २०७८, शनिवार

अविरल वर्षाका कारण आएको पहिरोले  थुनिएको सानीगाड खोलाको ताल निकासीका लागि विस्फोटको तयारी गरिएको छ ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

बझाङको बुगंल नगरपालिका ७ मा पहिरो गएपछि शुक्रबार दिउँसोबाट नदी थुनिएको थियो । पहिरोले थुनिएपछि सो क्षेत्रका दुई घर पुरिएका छन् भने खोलामा ताल परेको छ । ताल ओभरफ्लो भएर बगिरहेको छ ।

कालङ्गा र सानीगाड आसपासका दुई दर्जन भन्दा बढी गाउँहरु जोखिममा परेका छन् ।

खोला थुनिएर बनेको तालले बस्ती नै जोखिममा परेपछि विस्फोट गराएर पानीलाई निकास दिन नेपाली सेनाको टोली सो स्थानमा पठाइएको प्रमुख जिल्ला अधिकारी मोहन अधिकारीले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर