५ भाद्र २०७८, शनिवार
बाराको कलैया उपमहानगरपालिका २७ की वडा सदस्य तारादेवी पासवानमाथि स्थानीयवासीले कुटपिट गरेका हुन् ।
वडासदस्य पासवानमाथि गाउँकै एक महिलालाई अर्का पुरुषसँग भगाउन सहयोग गरेको आरोप लगाउँदै हातपात गरेको बताइएको छ । आक्रमणकारीहरुले महिला सदस्य पासवानलाई खम्बामा बाँधेर कुटपिट गरेका थिए ।
प्रहरीले तारादेवीलाई उद्दार गरी उपचारका लागि कलैया अस्पतालमा भर्ना गरेको छ ।आक्रमणमा संलग्न रहेको आरोपमा प्रहरीले ८ जनालाई पक्राउ गरेको छ । ।