
रामचन्द्र नेपाल
५ भाद्र २०७८, शनिवार
बागलुङ जिल्लाको निसिखोला गाउँ पालिका वडा नम्बर-१ साविक देबिस्थान ३ लेवाङ किटेनी घर भएका सन्ते बिककाछोरा हुन अनाराम बिक । घरमै कुटखेलो गरेर ३३ वर्षको उमेर हुदा लेवाङ किटेनीमा वसिरहे ।
पाचँ दाजुभाई मध्येका कान्छा थिए अनराम । आमा वुवा छोरी श्रीमती सगैको ठुलो परिवार थियो । अनारामको श्रीमतीको पढाई निकै राम्रो थियो । श्रीमतीको पढाईको निम्ति उनले मजदुरी गरेर भए पनि अगाडि वढाईदिइरहेका थिए ।
तर अचानक अनारामको श्रीमतीलाई मानसिक रोग देखा परयो । उनले उपचारको लागि श्रीमतीलाई कहिले पोखरा,कहिले भरतपुर कहिले काठमाण्डौ सम्म पुरयाए । उपचारमा मात्रै करीव करीव १२ लाख भन्दा धेरै खर्च भयो अन्तत उनले श्रीमतीलाई वचाउन सकेनन ।
श्रृणको वोझ अनारामको काधमा आईपरयो । उनले नेपालमा केहि विकल्प देखेननन । अन्तीम विकल्पको रुपमा वैदेशिक रोजगारीमा जाने निर्णय गरे । फेरी करीव करीव सात लाख जति श्रृण खोजेर श्रीमती वितेको ६ महिना पुग्दा नपुग्दै छोरीलाई मावलीमा राखेर उनी इराक पुगे ।
गाउँका केहि साथीभाई पहिले देखिनै इराकमा थिए । आफनै ठुलोवुवाका छोरा पनि करीव १० वर्ष देखि इराकमै काम गर्दथे ।
अनरामले इराकको स्वशासित क्षेत्र कुर्दिस्थानको राजधानी अर्विलमा काम गर्न थाले ।
तर केहि समय पछि नै एकाएक उनी सम्पर्क विहिन वन्न पुगे कोहि भन्थे उनी जेलमा परेका छ, कोहि भन्थे मरे । अनराम मेरे भन्ने खवर नेपालमा परिवारले थाहा पाएको दिनदेखि ठुलो वुवाको छोरा पनि सम्पर्क विहिन भए । नेपालमा भएको परिवार निकै चिन्तीत भयो । दुवैजना कता गए के भयो गाउँमा हल्लाखल्ला शुरु भयो ।
घटना यस्तो रहेछ
खासमा भएको के रहेछ भने अनराम र सगै अरु दुईजना साथीपनि नेपाली रहेछन । तीन जना मिलेर उनीहरुले युरोप जाने योजना वनाएका रहेछन । १० सेप्टेम्बर २०२० मा अर्बिलबाट अवैधानिक वाटो अमेरीका जाने भन्दै उनीहरुलाई वंगाली एजेण्टले लिएर गएको रहेछ । सुलेमानीको चारता भन्ने स्थान इराक र इरानको बोर्डर नजिक पुग्दा उनीहरु चढेर गएको गाडिमा गोली हानिएको रहेछ ।
गोली अनरामको दाहिने तिर लागेछ उनी त्यहि झाडिमा खसेछन अरु दुईजनालाई एजेण्टले गाडि फर्काएर विच वाटोमा ल्याएर छाडिदिएछ उनीहरु पनि पक्राउ परेछन अहिले उनीहरु इराकको जेलमा छन रे त्यो वंगलाी एजेण्ट भाग्यो रे भाईको शव लिन काठमाण्डौ आईपुगेका दाजु कुलमान विक घटनाको वारेमा वेलिविस्तार लाउछन ।
मृतक अनराम विक
अनरामको अवस्थाको वारेमा एनआरएनए इराकका सचिव विनोद श्रेष्ठले पनि थाहा पाए पछि उनको शवलाई नेपालसम्म ल्याउनको लागि पहल शुरु भएको हो । इराक को स्वायत्त प्रदेश कुर्दिस्तान, सुलेमानी सहरको तवारी शवगृहमा करीव एघार महिना देखि रहेको शव शनिवार नेपाल ल्याईएको छ ।
इराकमा शव राख्दा खेरीको अवस्थाको वारेमा श्रेष्ठ भन्छन इराकको सुलेमानी शव गृहमा शव थियो । अनरामको एक जना चिनेजानेको मानिस सम्पर्कमा आउनु भएको थियो पछि सम्पर्क विहिन हुनुभयो । शव गृहमा विजुलीको आउने जाने गर्दा शव ब्यवस्थापन गर्न निकै गाह्रो थियो किनकि परिवार सम्पर्कमा नआउने उनीहरुले हामिलाई शव यहि फालिदिन्छौ भन्ने गर्दथे वल्लतल्ल सामाजिक सन्जालमा राखेपछि परिवार र सामाजिक अभियान्ताहरु सम्पर्कमा आउनु भयो र अलि सजिलो भो ।
करीव एघार महिना पछाडि अनरामको शव नेपाल आएको छ । अनरामका शवलाई नेपाल ल्याउनको लागि सामाजिक सन्जाल मार्फत सहयोगको अपिल गरिएको थियो । अभियानकर्ताहरु रोशन विश्वकर्मा,रमेश कुँवर नेपालवाट कतारवाट देव वहादुर पुन र इराकवाट रेशम मिजारले वारम्वार सामाजिक सन्जालभित्र सहयोगको अपिल गरिरहदा करीव ७ लाख ६६ हजार जती उठेको थियो ।
इराकमा शवको ब्यवस्थापन गर्न र शवलाई काठमाण्डौ सम्म ल्याउन मात्रै करीव करीव साढे ५ लाख रुपैया जति खर्च भएको छ । शवलाई बागलुङ सम्म पुरयाउदा र अन्त्येष्ठि गर्दासम्म अझै थप केहि पैसा खर्च हुने देखिन्छ । वाँकि वचत रहेको रकम ५ वर्षको छोरीको नाममा खाता खोलेर राखिदिने अभियानकर्ताहरुले जनाएका छन ।
परिवारका तर्फबाट गत साउन ११गते मात्रै शव ल्याउन भन्दै कन्सुलर विभागको निवेदन दिए । शव ल्याउनको लागि नेपाल सरकारले कागजी प्रकृया गरिदिएको भएपनि अरु कुनै सहयोग नपाएको मृतकका दाजु कुलमान वताउछन । अभियानकर्ताहरु नभएको भए मेरो भाईको शव के हुन्थो के उनी भन्छन । वैदेशिक रोजगार वोर्डले पनि अवैधानिक भएर विदेश भएकाहरुलाई यस्तो सेवा नदिनेभएको कारण अभियानकर्ताहरुले बागलुङवाट नै जीप लिएर काठमाण्डौमा पुगेका थिए ।
शव वुझनको लागि कागजपत्र मिलाउदै अभियान्ता रोशन विश्वकर्मा
नेपाल सरकारले २०६१ भदौ १५ मा इराकमा १२ जना नेपालीको हत्या भएपछि इराक जानलाई श्रम स्विकृति दिने गरेको छैन ।
तैपनी कुर्दिस्थान राज्यको अर्विल र सुलेमानीमा मात्रै २५ हजार नेपालीहरुकार्यरत रहेको अनुमान गरिन्छ जसमा १० हजारभन्दा बढी महिला नै रहेको अनुमान गरिन्छ
शव लिएर बागलुङ तिर फर्कदै अभियान्ताहरु