 
							४ भाद्र २०७८, शुक्रवार
मलेसियाका राजाले ६१ वर्षीय इस्मेल साब्री याकोबलाई नयाँ प्रधानमन्त्री नियुक्त गरेका छन्।
शुक्रबार राजा सुल्तान अब्दुल्लाह सुल्तान अह्मद शाहले याकोबलाई प्रधानमन्त्री नियुक्त गरेका हुन ।
संसदमा बहुमत नपुगेपछि गत सोमबार मुहिद्दिन यासिनले राजीनामा दिएका थिए।
मलेसियाको राजदरबारले जारी गरेको विज्ञप्तिअनुसार २२२ मध्ये ११४ जना सासंदले याकोबलाई समर्थन गरेका छन्।
याकोबले बहुमत भएको पुष्टि गर्न सदनमा विश्वासको मत लिनुपर्ने राजदरबारले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।


 
								

 
										 
										





 
												 
												 
												 
												 
												
 +977 986-4882241
 +977 986-4882241 rastradaily@gmail.com
 rastradaily@gmail.com