
४ भाद्र २०७८, शुक्रवार
नेकपा एमाले समाजवादिको नाम फेरीएर नेकपा एकिकृत समाजवादि भएको छ ।
राजेन्द्र पाण्डेसहितको टोली निर्वाचन आयोग पुगेर नाम संशोधन गरेका हुन । यसअघि नेपालले प्रस्ताव गरेको नेकपा एमाले (समाजवादी) नाम मूल पार्टीसँग जुधेको भन्दै निर्वाचन आयोगले अस्वीकार गर्न सक्ने सम्भावना रहेको आयोग स्रोतले बताएको थियो । एमाले जोडिएको नाम अस्वीकृत हुने सम्भावना देखेपछि नयाँ नाम प्रस्ताव गरिएको हो ।
त्यस्तै, ९५ सदस्यीय केन्द्रीय समिति प्रस्ताव गरिएकोमा सोको संख्या बढाएर ११५ पुर्याइएको छ । नयाँ पार्टीका लागि ‘खुला किताब’ चुनाव चिन्ह प्रस्ताव गरिएको थियो । तर, त्यो अर्को पार्टीसँग मिलेपछि त्यसमा विवाद सिर्जना भएको थियो ।
दल दर्ताका लागि निवेदनमा उल्लेखित केन्द्रीय सदस्यहरुको सनाखत लगायतको प्रक्रिया पूरा गरेपछि आयोगले नयाँ दललाई वैधानिकता दिने कानूनी प्रावधान रहेको छ । यसका लागि आयोगले ३५ दिन लिन सक्ने भए पनि चाँडै टुंगो लगाइने आयोगका एक सदस्यले वनाए ।