४ भाद्र २०७८, शुक्रवार

https://amzn.to/4myfPN5

नेकपा एमालेका नेता तथा पूर्वमन्त्री गोकुल बास्कोटाले  पार्टी भित्रका गतिविधि तथा सरकारको आलोचना गर्न उनले सामाजिक सञ्जाललाई नै मुख्य माध्यम बनाउँदै गएका छन् ।

यही क्रममा उनले सरकारको आलोचना गर्दै कहाँबाट आयो हुँदै नभएको किताब धारा भनेर प्रश्न गरेका छन् ।

उनले लेखेका छन्, ‘परमादेश धाराबाट सरकार ढाले । होला नि त भनियो । अध्यादेश धाराबाट पार्टी खोले । त्यो पनि छ होला भनियो । तर, हुँदै नभएको किताब धारा चाहिँ कहाँबाट ल्यायो फेरि ?’

उनले लेखेका छन्, ‘बाइस धारा न मुक्तिनाथको धारा । साइपालदेखि कञ्चनज‌घासम्मको प्राकृतिक जलधारा त हुँदै होइन । पक्कै यो चै एकनाथ धारा वा एमसीसी ६०७ को ५.५ होला ।’

प्रतिक्रिया

सम्बन्धित खवर