२०७७ भाद्र ९, मंगलवार

स्याङ्जा

देश अहिले कोरोना महामारीवाट गुज्रिरहेको छ । कतै लडकाउन कतै निषेधाज्ञा र कतै सिल गरिएको छ । स्याङ्जामा पनि निषेधाज्ञा गरिएको छ । यसैको प्रभाव मिर्मिमा पनि देखिएको छ । कालिगण्डकि गाउँपालिकाको मिर्मिमा अत्यावश्यक काममा भन्दा कोहि पनि वाहिर निस्किएका छैनन । अत्यावश्यक काम परेर वाहिर निस्कनु पर्यो भने स्वास्थ सुरक्षाका सवै उपायहरु प्रयोग गरेका छन ।
यसैक्रममा धेरैको सम्पर्कमा आएका मिर्मिका केहि ब्यापारी,सवारी चालकहरु,क्वारेन्टिनमा वसेका तथा समुदायसंग अलि वढि हिमचिम भएकाहरु २३ जनाको पिसिआरवाट पाचँ दिन अगाडि स्वाँव लिईएको थियो । तर सवैको रिपोर्ट नेगेटिभ आएको कालिगण्डकि गाउँ पालिकाका स्वास्थ प्रमुख पदम प्रसाद पाण्डेले जानकारी दिनुभयो । हाल सम्म कालिगण्डकि गाउँपालिकामा २० जनामा कोरोना सक्रमण देखिएकोमा १९ जनाले कोरोनालाई जितेर घर फर्किसकेका छन । एक जनाको भने उपचार भैरहेको छ ।
मंगलवार सवै २३ जनाकै रिपोर्ट नेगेटिभ आएपछि स्यागजाको कालिगण्डकिमा कोरोना समुदायमा नफैलिएको वुझिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर