
पत्रपत्रिका
नयाँपत्रिका दैनिक
४ भाद्र २०७८, शुक्रवार
नक्कली नागकिताका आधारमा कम्पनी खडा गरी सिंगापुरे जागिरको प्रलोभन देखाउँदै दुई सजायसँग पाँच करोड रुपैयाँ ठगेर दुई व्यक्ति विदेश फरार भएका छन् ।
रमेश बयलकोटी नामका व्यक्तिले सञ्जीव रायमाझी नामको नक्कली नागरिकता बनाएर समृद्धि एब्रोड प्रालि नामको कम्पनीमार्फत बेरोजगार युवालाई ठगेको प्रहरी अनुसन्धानमा खुलेको हो ।
प्रहरीका अनुसार कम्पनी रजिस्ट्रारको कार्यालयमा समृद्धि एब्रोड निमा तामाङको नाममा दर्ता भएको देखिन्छ । तर, निमा तामाङको नाममा जारी भएको नागरिकता पनि नक्कली रहेको अनुसन्धानबाट पुष्टि भइसकेको छ ।
प्रहरीका अनुसार ठगीका लागि बयलकोटीले गर्लफ्रेन्ड शर्मिला मैनालीलाई अफिसको रिसेप्सनिस्ट बनाएका थिए । पीडितले उजुरी गर्न थालेपछि उनीहरु ठगीको रकम डलरमा साटेर भारतको गोवा पुगेको प्रहरीले जनाएको छ ।
‘एक सय ९० जना पीडितको निवेदन हामीकहाँ परेको छ । एक सय ८० जनाको मुद्दा दर्ता भएको छ । चार करोड ९८ लाख रुपैयाँ ठगी भएको विवरण त प्रमाणित नै भएको छ । निवेदन आउने क्रम जारी रहेकाले ठगीमा परेकाहरुको संख्या अझ बढ्ने देखिन्छ । यो हिसाबले त यिनीहरुले साढे पाँच करोड रुपैयाँभन्दा बढी ठगेको हुन सक्छ, नेपाल प्रहरीका केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) प्रमुख डिआइजी धीरप्रताप सिंहले भने ।