
३ भाद्र २०७८, बिहिवार
कुवेतमा दुई हप्तादेखी अलपत्र परेको मोरङ जिल्ला, बुढी गङ्गा गाउँपलिका वार्ड न ७ (डङ्ग्राहा टोल) कि द्रोपती चौधरीको शव नेपाल पठाउन एनआरएनए कुवेतले पहल थालेको छ ।
चार बर्ष अगाडि भारतको बाटो हुँदै घरेलु कामदारको रुपमा कुवेत आइपुगेकी द्रौपती दुई हप्ता पहिले झुन्डिएर आत्महत्या गरेको थिइन ।शब नेपाल पठाउन आवश्यक पर्ने ३८५ कुवेती दिनार आवश्यक भएकाले सवैको सहयोगमा रकम संकलन गरेर शवलाई नेपाल पठाईने एनआरएनए कुवेतले जनाएको छ । एनआरएनए कुवेतले सहयोगको अपिल गर्दे सहयोग गरिदिन सवैलाई अनुरोध समेत गरेको छ ।
कुवेत तथा खाडी मुलुकमा घरेलु कामदारहरुको राम्रो व्यवस्थापन हुन नसक्दा शारीरिक, मानसिक तथा पारिश्रमिक शोषण भएको भन्दै २०१५ देखि नेपाल सरकारले नेपालबाट खाडी मुलुकका लागि घरेलु कामदार बन्द गरेको छ ।