
३ भाद्र २०७८, बिहिवार
कर्णाली प्रदेश सरकारले भदौ ४ गते अर्थात शुक्रबार सार्वजनिक बिदा दिने भएको छ।
प्रदेश सरकारले प्रदेश स्थापना दिवसका अवसरमा सार्वजनिक बिदा दिन लागेको हो।
प्रदेश सरकारको विसं २०७८ वैशाख ७ गते बसेको मन्त्रिपरिषद बैठकको निर्णयानुसार सार्वजनिक बिदा दिने सूचना गरिएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका प्रवक्ता तुलबहादुर खड्काले जानकारी दिए।
विसं २०७२ साउन २३ गतेदेखि प्रदेशमा भदौ ४ गतेसम्म सञ्चालन भएको आन्दोलनले कर्णाली प्रदेश स्थापना गरेको थियो। प्रदेश प्राप्तिको आन्दोलनमा जुम्लाका हरिबहादुर कुँवर र सुर्खेतका यामबहादुर बिसी, टीकाराम गौतम र गोपालसिंह रजवारको मृत्यु भएको थियो। उनीहरुको सम्झनामा प्रदेश सरकारले हरेक वर्ष प्रदेश स्थापना तथा शहीद दिवस मनाउँदै आएको छ।