३ भाद्र २०७८, बिहिवार
भारतमा थप ३५ हजारमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा त्यहाँ ३५ हजार ७९७ जनामा संक्रमण भएको छ । भारतमा संक्रमितको संख्या ३ करोड २३ लाख २० हजार ८९८ पुगेको छ । भारतमा ३ लाख ७१ हजार ६७१ जना संक्रिय संक्रमित छन् ।
यस्तै त्यहाँ एकैदिन ५११ संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेको संख्या ४ लाख ३३ हजार ६३ पुगेको छ ।