९ भाद्र २०७७, मंगलवार

मुगु जिल्ला अस्पताल मुगुमा मंगलबार देखि एक साताका लागि इमर्जेन्सी बाहेकका सबै सेवा बन्द गरिएको छ ।सोमबार जिल्ला अस्पताल मै कार्यरत एक जना कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएपछि महामारी फैलिने डरले इमर्जेन्सी बाहेकका सबै सेवा बन्द गरीएको हो ।

भदौ ५ गते  ६२ जनाको स्वाब संकलन गरि पीसीआर परीक्षणका लागि कर्णाली स्वास्थ्य बिज्ञान प्रतीष्ठान जुम्ला पठाइएको थियो । सोमबार पिसीआर रिर्पोट आउदा ६२ मध्यकै एक जना अस्पतालमा कार्यरत कर्मचारीको रिर्पोट पोजेटीभ देखीएको जिल्ला अस्पताल मुगुका प्रमुख डाक्टर निर्मल नगरकोटीले जनाए । अस्पतालकै कर्मचारीमा संक्रमण देखीएपछि अन्यमा फैलीन सक्ने डरले अस्पतालको इमर्जेन्सी सेवा बाहेक अन्य सेवा बन्द गरिएको उनको भनाइ छ । अस्पतालकै कर्मचारीमा कोरोना पोजेटीभ देखिएको हल्ला फैलिएपछि अस्पतालका बिभिन्न वार्डमा भर्ना गएिका धेरै जसो बिरामीहरु अस्पतामा नबसी घर फर्केका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर