२ भाद्र २०७८, बुधवार

काठमाडौं, तारकेश्वर नगरपालिका-८ शेषमती लामाबगर बस्ने ३० वर्षीया मुना बुढाथोकीको घरमा तास खेलिरहेको अवस्थामा बुढाथोकी लगायत १० जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।
उनको घरमा जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले उनीहरुलाई नगद २ लाख ७० हजार ४ सय ५० रुपैयाँ र ६ बुक तास सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर