२ भाद्र २०७८, बुधवार

काठमाडौं, चन्द्रागिरी नगरपालिका-२ स्थित नागढुङ्गाबाट नियन्त्रित लागूऔषध ७५ ट्याब्लेट नाईट्राभेट, ५९ एम्पुल डाईजेपाम, ५९ एम्पुल फेनारगन र ५९ एम्पुल लिजेसिक सहित सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका-५ बस्ने २२ वर्षीय सुब्बा तामाङलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

राजबिराजबाट काठमाडौंतर्फ आउँदै गरेको प्रदेश ०३-००१ ख ०७२४ नम्बरको बसलाई महानगरीय प्रहरी प्रभाग नागढुङगाबाट खटिएको प्रहरीले जाँच गर्नेक्रममा बसमा सवार तामाङलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

यसैगरी काठमाडौं महानगरपालिका-२ लाजिम्पाटस्थित पान पसल गरी बस्ने भारत मोतिहारी घर भएका २२ वर्षीय सरफराज आलमलाई नियन्त्रित लागूऔषध २ सय ३३ एम्पुल डाईजेपाम, २ सय ३३ एम्पुल नुर्फिन र २ सय ३३ एम्पुल फेनारगन सहित बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

आलमको फेमस पान पसलभित्र लागूऔषधको किनबेच भईरहेको भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरीले तलासी गर्नेक्रममा उनलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

नवलपरासी (पूर्व), विनयीत्रिवेणी गाउँपालिका-१ स्थित सडकबाट नियन्त्रित लागूऔषध ४ सय ९० एम्पुल डाईजेपाम, ४ सय ९९ एम्पुल फेनारगन र ४ सय ८२ एम्पुल ब्रुपेनुर्फिन सहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा गुल्मी सिर्सेनी बस्ने ३० वर्षीय प्रेम बहादुर भुसाल र रुपन्देही लुम्बिनी सांस्कृतिक नगरपालिका-१० बस्ने २९ वर्षीय सोम बहादुर भण्डारी रहेका छन् । लु.१ ज ३९४८ नम्बरको कारलाई ईलाका प्रहरी कार्यालय दुम्किवासबाट खटिएको प्रहरीले जाँच गर्नेक्रममा कारमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर