
२ भाद्र २०७८, बुधवार
पछिल्लो २४ घण्टामा नेपालमा ३४०३ जना नयाँ संक्रमित थपिएका छन् ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १६ हजार ८ सय ३८ जनामा कोरोना परिक्षण गरिएको थियो । आज थपिएका कोरोना संक्रमितमध्ये भक्तपुरका १२२ जना, ललितपुरका १६० र काठमाडौंका ७११ जना रहेका छन् ।
त्यस्तै, पछिल्लो २४ घण्टामा २१०४ जना कोरोनामुक्त भएका छन् । त्यस्तै आज कोरोनाबाट मृत्यु हुनेको संख्या ४२ रहेको छ ।
हाल २१ जिल्लामा पाँच सय भन्दा बढी कोरोना भाइरसका संक्रिय संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।