२ भाद्र २०७८, बुधवार

चर्चित फुटबल खेलाडी लियोनल मेस्सीले बार्सिलोनाबाट बिदाई हुँदै गर्दा भाषणमा आँसु पुछेको टिस्यु पेपर १० लाख डलर अर्थात झण्डै ११ करोड रुपैयाँमा बिक्रीमा राखिएको छ । उनले उक्त भाषणका क्रममा भावुक हुँदै टिस्यु पेपरले आँसु पुछेका थिए ।

‘टिस्यु पेपर’ सस्तो वस्तु भए पनि मेस्सीले बार्सिलोनाबाट बिदाई हुँदा आँसु पुछेको पेपरको मूल्य किन्न कल्पनाभन्दा बाहिर जानु पर्ने भएको छ । मेसीले आँसु पुछेको टिस्यु पेपर एक व्यक्तिले टिपेका थिए । र, अहिले त्यो पेपर लिलामीमा राखिएको छ ।

लिलामीमा त्यो टिस्यु पेपरको मूल्य १० लाख डलर तोकिएको छ । हालसालै अन्तर्राष्ट्रिय लिलामी वेबसाइट मेइकेदौमा राखिएको टिस्यु पेपरको मूल्य १० लाख डलर भनी उल्लेख गरिएको छ । अहिलेको सटही दरमा यसको नेपाली मूल्य ११ करोडभन्दा धेरै हुन्छ ।

यसैबीच, बार्सिलोना छाडेर पिएसजी गएसँगै पिएसजीले मेसीको १० लाख प्रति जर्सी बेचिसकेको छ । उक्त बिक्रीबाट पिएसजीले तीन दिनमा १० करोड डलर आम्दानी गरिसकेको छ । एजेन्सी

प्रतिक्रिया

सम्बन्धित खवर