
२ भाद्र २०७८, बुधवार
भूपु गोर्खाहरुका माग सम्बोधन गर्न आग्रह गर्दै एनआरएनए यूकेले प्रधानमन्त्री बोरिस जोन्सनलाई पत्र पठाएको छ ।
उनीहरुका माग सम्बोधन गरी जीवन रक्षाको आग्रह गर्दै एनआरएनए यूके अध्यक्ष प्रेम गाहा मगरले पत्राचार गर्दै प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराएका छन् ।
पत्रमा गोर्खाहरुको गुनासोहरुबारे बुझ्न र प्राविधिक संयन्त्रको सिफारिश समेतलाई समेट्दै उचित समाधानको सुझावहरु पेश गर्न एक उच्चस्तरीय समिति गठन गर्न माग गरिएको छ । गोर्खाहरुले ११ दिनदेखि प्रधानमन्त्री कार्यालय अघि ज्ञानराज राई, धन गुरुङ र पुष्पा घलेले अनिश्चितकालिन भोक हड्ताल शुरू गरेका छन् ।
पत्रमा नेपाल तथा बेलायतबीचको लामो मित्रतालाई बलियो र जीवन्त बनाउन गोर्खाहरुकै प्रमुख भूमिका रहेको स्मरण गराइएको छ ।