२ भाद्र २०७८, बुधवार

मूल प्रवाह अखिल भारत नेपाली एकता समाज केन्द्रीय समितिको आयोजनामा “भारतस्थित प्रवासी नेपालीहरुको मताधिकार एंव अन्य समस्या बारे” वृहत अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
कर्यक्रममा वोल्दै राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्र बहादुर केसीले राष्ट्रियता, सार्वभौमिकता र अखण्डताको रक्षाको निमित्त प्रवासी नेपालीहरुको महत्वपूर्ण योगदान रहेको वताए ।
उनले संघीयता तथा एमसिसी विरुद्धको आन्दोलन लगायतमा प्रवासी नेपालीहरु एकढिक्का भएर त्यसको विरोधमा उत्रनुपर्नेमा पनि जोड    दिए ।
कार्यक्रममा राजमो प्रवक्ता तथा उपाध्यक्ष एंव प्रतिनिधी सभा सदस्य दुर्गा पौडयालले विदेशबाट कमाएर ल्याएको रेमिटेन्सले पालिएको सरकारले प्रवासी नेपालीहरुलाई अधिकारबाट बञ्चित गर्नु विडम्बना र अन्यान्यपुर्ण कुरा भएको वताईन ।

https://amzn.to/4myfPN5

कार्यक्रममा राजमोका केन्द्रीय यूवा नेता आनन्द शर्मा,दक्षिण भारत क्षेत्रीय समितिका अध्यक्ष चन्द्र बहादुर थापा, पश्चिमोत्तर क्षेत्रीय अध्यक्ष विक्रम सिंह राना, सुदुरपिश्चमोत्तर क्षेत्रीय अध्यक्ष प्रेम सापकोटा, उपाध्यक्ष कुल बहादुर बगाले, मध्य दक्षिण क्षेत्रीय अध्यक्ष रामप्रसाद पौडेल, पश्चिम भारत क्षेत्रीय अध्यक्ष बेद बहादुर कार्की, मध्य पश्चिमोत्तर क्षेत्रीय अध्यक्ष बेलबहादुर रजाली, मध्य पश्चिम क्षेत्रीय अध्यक्ष खुमबहादुर पुन, पूर्वी भारत क्षेत्रीय अध्यक्ष हरि प्रसाद शर्मा, हिमाञ्चल राज्य समितिका सचिव भुवन केसी, मध्य भारत क्षेत्रीय समितिका अध्यक्ष नारायण सापकोटा, उत्तराखण्ड राज्य समितिका टेक प्रसाद कडेल लगायतले आफना भनाईहरु राखेका थिए ।

महासचिव ठाकुर खनालको सञ्चालन उपाध्यक्ष प्रेम पौडलेको स्वागतवाट शुरु भएको कार्यक्रमको अध्यक्षता दुर्गा बहादुर केसीले गरेका थिए । कार्यक्रम भर्चुअल मार्फत गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर