रमेश भट्टराई /विराटनगर

१ भाद्र २०७८, मंगलवार

युवा संघ नेपालद्वारा अध्यादेशको विरोधमा देश भर प्रर्दशन भैरहेको छ ।
यसैक्रममा प्रदेश नम्वर १ को राजधानी विराटनगरमा पनि आज साझँ विरोध जुलुस निस्किएको छ । राष्टिय युवा संघ विराटनगर महानगर कमिटि मोरङको आयोजनामा निस्किएको जुलुसले सरकार विरोधी नारा लगाएका थिए । अध्यादेश ल्याउन पाइैदैन पार्टि फुटाउन पाईदैन,देउवा सरकार मुर्दावाद, कम्फटेबल सरकार मुर्दाबाद केपि ओलि जिन्दाबाद ,रास्ट्रिय युवा संग जिन्दाबाद जस्ता नारा लगाउनुको साथै राके जुसुस समेत निकालेका थिए ।
राष्टिय युवा संघ नेपालका केन्द्रिय सचिव सुनिता कार्कि,केन्द्रिय कोषाध्यक्ष मुकेश वुढाथोकि लगायतले जुलुसको नेतृत्व गरेका थिए । जुलुसमा केन्द्रिय कमिटि,जिल्ला कमिटि, प्रदेश कमिटि,नगरकमिटिका प्रतिनिधिका साथै सयौको सहभागिता रहेको थियो ।

 

 

 

प्रतिक्रिया

सम्बन्धित खवर