१ भाद्र २०७८, मंगलवार

मंगलबार गण्डकी प्रदेशमा थप ५४५ जनामा कोरोना पुष्टि भएको छ।

प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार कास्कीका २६९ जना, तनहुँका ५६ जना, गोरखाका ५४ जना, लमजुङका १८ जना र नवलपुरका ४३ जनामा कोरोना पुष्टि भएको छ ।
यस्तै स्याङ्गजाका ६७ जना, पर्वतका दुई जना, बागलुङका २४ कजना र म्याग्दी जिल्लाका १२ जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको जारी विज्ञप्तिमा उल्लेख गरिएको छ।
आज आज थपिएकासंगै गण्डकीमा कोरोना संक्रमितको कूल संख्या ७६ हजार ८८७ पुगेको छ ।
पछिल्लो २४ घण्टामा गण्डकीबाट ६८८ जना कोरोनामुक्त भएका छन् । योसंगै, प्रदेशमा कोरोनामुक्त हुनेको संख्या ६९ हजार ६६० पुगेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर