१ भाद्र २०७८, मंगलवार

अमेरिका पठाइदिन्छु’ भनेर ठगेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ताप्लेजुङको फुङलिङ नगरपालिका घर भएका ५९ वर्षीय लाल बहादुर कार्की रहेका छन ।

उनलाई झापा प्रहरीसँगको समन्वयमा अर्जुनधाराबाट पक्राउ गरिएको महानगरीय अपराध महाशाखाले जनाएको छ ।
काठमाडौंको तीनकुने बस्ने कार्कीले पाँचथरका ध्रुव कुमार राईलाई भिजिट भिसामा दुबई हुँदै अमेरिका पठाउँछु भनेर ११ लाख ५० हजार ठगी गरेका थिए ।
अमेरिका जान ४० लाख लाग्ने र त्यहाँ पुगेपछि कोकाकोला कम्पनीमा महिनाको ३ लाख तलव आउने जागिर लगाइदिने आश्वासन दिएका कार्की फरार भएका थिए ।
वैदेशिक रोजगार विभागले उनीविरुद्ध पक्राउ पूर्जी जारी गरेर प्रहरीलाई पत्राचार गरेको महानगरीय अपराध महाशाखाले जनाएको छ

 

प्रतिक्रिया

सम्बन्धित खवर