१ भाद्र २०७८, मंगलवार

अछाम जिल्ला साँफेनगरपालिका ११ देवीस्थान साबिक को ४ डाँडागाउँका मक्र खड्का ले आफनो जीवन वचाईदिन सवै नेपालीहरुमा आग्रह गरेका छन ।
रोजगारीको लागि भारतमा रहेको वखत मुखको क्यान्सर रोग लागेको र भारतको विभिन्न अस्पतालमा उपचार गर्दा केहि परिवर्तन नआए पछि म नेपाल फर्किएर हाल भक्तपुरमा भक्तपुर क्यान्सर अस्पतालमा उपचार गराईरहेका छन ।
तल्काल अपरेशन गर्नुपर्ने र अप्रेसन गर्नको लागि करीव १२ लाख खर्च लाग्ने भएको अस्पतालले जनाएको वताएका छन ।
उनले भनेका छन म बाच्न चाहान्छु मैले समाजमा केहि गर्नु छ । अहिले मलाई एकर एक रुपैयाँको आवश्यकता भएकाले सबैले आ(आफ्नो क्षेत्रमाबाट जति सकिन्छ सहयोग गरिदिनु हुन सबैमा अपिल गर्न चाहन्छु ।

https://amzn.to/4myfPN5

यसैविच मिन वहादुर खडकाको पहलमा ५२ हजार चार सय रुपैया संकलन भएकोमा पिडितलाई उक्त रकम हस्तान्तरण गरिएको छ ।

 

यस्तो छ मक्र खड्का को अपिल

 

म हार्दिक अपिल गर्दछु ।

स्वदेश तथा विदेशमा बस्ने हुने सम्पूर्ण मेरा आदरणीय दाजुभाई तथा दिदीबहिनी,ईष्ट मित्र तथा विभिन्न सामाजिक संघ-संस्था, पेशागतमा आबद्ध एवं राजनीतिक दल लगायत संगठनमा आबद्ध हुनु भएका पवित्र मन तपाईंहरु सबैमा मेरो तर्फबाट हार्दिक अपिल गर्दछु।

#मान्छेको जिन्दगीमा कति खेर के हुन्छ थाहाँ हुदैन रहे छ । विभिन्न किसिमका समस्या हरु उत्पन्न हुने रहे छन । त्यस्ता जटिल समस्या लाई समाधान गर्न तपाइँ हामी सबैले मिलेर साथ सहयोग गर्यो भने अवस्य नै समाधान हुन्छ। मेरो नयाँ जिवन हुनेछ ।

अछाम साँफेनगरपालिका-११ देवीस्थान साबिक को ४ डाँडागाउँ घर भैई रोजगारको सिलसिलामा भारतलाई केहि बर्ष देखि कर्मथलो बनाउँदै म मक्र खड्का( चक्र) को तल्लो गाला(मुखको बायाँ पट्टी)मा क्यान्सर जस्तो प्रणाघातक रोगले समातेको यहाँ हरु सबैलाई जानकारी गराउन चाहन्छु। यस रोगको उपचारको लागि भारतको विभिन्न अस्पतालमा उपचार गर्दा केहि परिवर्तन नआए पछि म नेपाल फर्किए र सबैको सल्लाह अनुसार भक्तपुरमा भक्तपुर क्यान्सर अस्पतालमा भर्ना भए जसको रिपोर्ट शुक्रबार आयो। उहाँ हरुले भनाइ र मेरो अनुभुतिले मेरो अवस्थामा कमजोर हुदै गएको र तल्काल अपरेशन गर्नु पर्ने डाक्टर हरुले बताउनु भयो यसको खर्च ‌अपरेशन खर्च मात्र करिव १२ लाख लाग्छ भनु भयो । बाकि औषधी खर्च पनि कति लाग्छ थियो पनि एकिन थाहा छैन । म सामान्य परिवारमा जन्मिए अन्यकौ पिडा खेप्दै यहाँ सम्म पुगेको छु । बिगत देखि नै आर्थिक अवस्थामा म कमजोर परिवारको रुपमा पर्दछु ।

#गाउँमा केहि आयश्रोत नभए पछि छोरा /छोरी र परिवारको लागि भए पनि भारतमा दिन भरि चौकिदार र हरेक बिहान गाडिहरु धोएर (सफा) गरि जम्मा गरेरको रुपैयाँ पनि यसै रोगको उपचारमै खर्च भयो । त्यति मात्र होइन ६७ हजार भारु रिन लागेको छ । त्यसैले मेरो स्थितिलाई ख्याल गर्दै मलाई बचाउनको लागि आर्थिक सहयोग अभियान सञ्चालन गरि दिनु हुन सबैलाई हार्दिक अनुरोध गर्दछु । म बाच्न चाहान्छु मैले समाजमा केहि गर्नु छ । अहिले मलाई एक/ एक रुपैयाँको आवश्यकता भएकाले सबैले आ-आफ्नो क्षेत्रमाबाट जति सकिन्छ सहयोग गरिदिनु हुन सबैमा अपिल गर्न चाहन्छु ।

मलाई जति सकिन्छ सहयोग यो तलको खातामा जम्मा गरिदिनु होला

मक्र खड्का(चक्र)
साँफेबगर नगरपालिका ११ देविस्थान लेक्कोट अछाम

नेपालको लागि
एन आइ सि बैङ्क मा रहेको खाता नम्बर 0018750470532001
खाताको नाम :-Shusila kunwar
सम्पर्क नम्बर:-9823778789

भारतको लागि
गणेश खड्का(गंग)
-एस बि आई बैङक मा रहको
खाता नम्बर 35747677188
-खाताको नाम सरस्वती बेन गणेश
-सम्पर्क नम्बर 919574337610
हंश बहादुर कुँवर(7385325356)गुगुल पिए
खेमराज खड्का (8452950485)
शंकर बिष्ट (9621887801)
बम खड्का(9820765184)
पदम बिष्ट( 8652752012)
रुप खड्का (7387339865)
नृप खड्का(+9106630301)

 

प्रतिक्रिया

सम्बन्धित खवर