१ भाद्र २०७८, मंगलवार

काबुलको ग्रिन जोनभित्र रहेको कूटनीतिक क्षेत्रबाट ल्याई हमिद कारजाई अन्तर्राष्ट्रिय विमानस्थलस्थित अमेरिकी सैन्य बेसक्याम्पमा राखिएका नेपालीलाई आइतबार र सोमबार उद्धार गरिएको हो । अमेरिकी सेनाको विमानबाट अमेरिकी दूतावासको सुरक्षामा तैनाथ ३ सय ८५ जना र युरोपियन युनियन डेलिगेट्समा खटिएका ७४ जना नेपालीलाई दोहास्थित अमेरिकी बेसक्याम्पमा लगेर राखिएको छ ।

https://amzn.to/4myfPN5

‘काबुल ग्राउन्ड क्लियर भयो, हामीले पठाएका सबै नेपाली दोहा पुगिसकेका छन्,’ अमेरिकी दूतावासका लागि नेपाली पठाउँदै आएका एफआईएस वर्ल्डवाइड नेपालका सञ्चालक बुद्धिबहादुर गुरुङले भने, ‘दोहा बेसक्याम्पमा ठाउँ अभाव भएपछि कुवेत लैजाने योजना बनेको छ । उद्धार गरिएका नेपालीलाई कुवेत र दोहाबाट चार्टर विमानमार्फत नेपाल ल्याइनेछ ।’ गुरुङले कोभिड परीक्षणका लागि पीसीआर गर्न समय लाग्ने भएकाले उनीहरूलाई नेपाल ल्याउन अझै केही दिन लाग्ने बताए ।

बेलायत दूतावासमा खटिएका ८७ जना नेपाली सुरक्षागार्डलाई उद्धार गरी बेलायत पुर्‍याइएको छ । ‘काबुलबाट हामी यूएई आइपुगेका थियौं, यहाँबाट तुरुन्तै नेपाल जाने अवस्था नभएपछि कम्पनीले हामीलाई बेलायत ल्याएको छ,’ एक नेपाली सुरक्षा अधिकारीले भने, ‘हामी केही दिनमा मात्रै नेपाल आइपुग्छौं । हामी सबै जना परिवारको सम्पर्कमा छौं ।’ गार्डा दि वर्ल्ड (आईपीएस) कम्पनीमार्फत उनीहरू बेलायती दूतावासमा खटिएका थिए । यो समाचार आजको कान्तिपुर दैनिकमा छापिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर