१ भाद्र २०७८, मंगलवार

एनआरएन स्पेनले सदस्यहरुका माया अधिकारी पौडेल , पिन्की अर्याल र निराजन लुईटेललाई सदस्यमा मनोनित गर्दै १५ सदस्यिय क्षेत्रीय समितीलाई पुर्णता दिएको छ ।
सोमवार बसेको क्षेत्रीय समितीको बैठकले बिधान अनुसार एनसीसीमा कोस्टाब्लान्का क्षेत्रको प्रतिनिधित्व गर्ने सचिव पदका लागि भरतराज न्यौपानेको नाम सिफारिस गरेको क्षेत्रीय अध्यक्ष देवराज सापकोटाले जानकारी दिनुभयो ।

https://amzn.to/4myfPN5

अध्यक्ष सापकोटाको अध्यक्षतामा बसेको क्षेत्रीय समितीको पहिलो बैठकमा कार्यसमितीका पदाधिकारी सहित आमन्त्रित रुपमा संस्थापक आइसीसी सदस्य बिरेन्द्र श्रेष्ठ, क्षेत्रीय समितीको संस्थापक अध्यक्ष सुरेन्द्र भुजेल थापा, एनसीसी सदस्यहरु रीता आर्चाय, कमल पराजुलीको पनि उपस्थिती रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर