१ भाद्र २०७८, मंगलवार

नेपालमा जोन्सन एण्ड जोन्सन खोप लगाएकाहरु अव कुवेत जान पाउने भएका छन । कुवेतको स्वास्थ मन्त्रालय मातहतको अनलाईनमा रजिष्टर्ड गराएकालाई कुवेतको स्वास्थ मन्त्रालयले एप्रुभल दिन शुरु गरेको छ । तर यसरी गएकाहरु प्नि दुई हप्ता भने क्वारेन्टाईनमा वस्नु    पर्नेछ ।
छुटिमा नेपाल आएर फर्कन नसकेका धेरै श्रमिकहरुलाई यसले निकै फाईदा पुगेको छ । यस अघि नेपाल लगायतका केहि देशहरुलाई कुवेतले उच्च जोखिमा राखेर एप्रुभल नगर्दा निकै सास्ती खेप्नु परिरहेको थियो । अहिले नेपालमा विदामा आएका रजिष्टर्ड गरेकाहरुको ७ देखि १० दिन भित्रमा कुवेतको स्वास्थ मन्त्रालयले एप्रुभल दिईरहेको कुवेत फर्कन थालेका नेपालीहरुले जानकारी गराएका छन ।
कुवेतको स्वास्थ मन्त्रालयवाट एप्रुभल पाएकाहरुले अव immune app मा रजिष्टर्ड गरि kuwait mobile id मा पनि हरियो रंग देखिनु पर्ने छ  त्यसपछि मात्रै कुवेत जानलाई वाटो सहज हुनेछ ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

प्रतिक्रिया

सम्बन्धित खवर