काठमाडौं, २०७८ साउन ३२

कम्बोडिया पठाइदिन्छु भनि ठगी गरेको अभियोगमा काठमाण्डौवाट एक जना पक्राउ गरेका छन ।
पक्राउ पर्नेमा तारकेश्वर नगरपालिका फुटुङ बस्ने काभ्रे महाभारत गाउँपालिका(१ गोकुले घर भएका २८ वर्षीय मिनध्वज भन्ने विचारमान रहेका छन ।
विचारमान समेतका व्यक्तिहरूले भिजिट भिषामा कम्बोडिया जान प्रतिव्यक्ती सगं ६ लाख ५० हजार रुपैयाँ लाग्ने भन्दै कम्बोडिया पुगेपछि क्यासिनोमा बोस गार्डमा काम लगाइदिने प्रलोभनमा पारी विभिन्न ६ जना पीडितहरूबाट ३९ लाख रुपैयाँ ठगी गरेका थिए ।
पैसा लिएपछि सम्पर्क विहीन विहिन भएका विचारमानलाई आज प्रहरीले काठमाडौं नयाँबानेश्वरबाट पक्राउ गरेको हो ।
उनलाई थप अनुसन्धानको लागि वैदेशिक रोजगार विभाग बुद्धनगर पठाइएको प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर