३२ श्रावन २०७८, सोमवार

सभामुख अग्निप्रसाद सापकोटाले अफगानिस्तानमा रहेका नेपालीको यथाशीघ्र उद्धार गर्न सरकारलाई रुलिङ गर्नुभएको छ ।

प्रतिनिधिसभाको सोमबार बसेको बैठकमा सभामुख सापकोटाले अफगानिस्तानमा रहेका नेपालीहरूलाई यथाशीघ्र ल्याउने व्यवस्था गर्न सरकारलाई रुलिङ गर्नुभएको हो ।

यसअघि प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का सांसद् गोकुलप्रसाद बास्कोटाले सरकारले अफगानिस्तानमा रहेको स्थानीयको तत्काल उद्धार गर्न माग गर्नुभएको थियो ।

सार्क राष्ट्रको अध्यक्ष भएको सरकारले सार्क राष्ट्रमा भइरहेको त्यस्तो गतिविधिको पत्तो नपाएको बताउँदै संकटमा परेका नेपालीहरूलाई उद्धार गर्न माग गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया

सम्बन्धित खवर