
३२ श्रावन २०७८, सोमवार
बाँकेको गाभरमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ ।
राप्ती सोनारी गाउँपालिका–१ स्थित गाभरमा कोहलपुरतर्फ जाँदै गरेको ना ६ ख ६७९९ नं को ट्रकले लु ६ प १८२२ नं को मोटरसाइकललाई ठक्कर दिँदा बिहान करिब ८ बजेतिर दुर्घटना भएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालले जानकारी दिए ।
उनका अनुसार, दुर्घटनामा गम्भीर घाइते भएका बर्दिया बाँसगढी निवासी चेतन बोहोरा र प्रदीप चौधरीको उपचारका क्रममा शिक्षण अस्पतालमा मृत्यु भएको हो । प्रहरीले ट्रक र चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान प्रक्रिया अगाडि बढाएको छ ।