
३२ श्रावन २०७८, सोमवार
हङकङको याउ मा तेई स्थित शौचालयमा सोमवार विहान एक नेपाली पुरुष मृत अवस्थामा भेटिएका छन्।
स्थानीय समाचार माध्यमहरुले जनाए अनुसार विहान करीव ६ बजे No. 10 Market Street, Yau Ma Tei को टोइलेटमा अचेत अवस्थामा भेटिएपछि उद्धारको लागि प्रहरीलाई खबर गरिएको थियो। हङकङको प्यारामेडिक्स टोलीले परीक्षण गर्दा उनको मृत्यु भइसकेको जनाएको छ।
आईडी जाँच गर्दा उनी ३० वर्षीय नेपाली पुरुष भएको खुलेको हो। मृतकको थप पहिचान खुलाइएको छैन। शवको पोसमार्टम हुन बाँकी रहेको स्थानिय समाचारहरुले उल्लेख गरेका छन ।