३२ श्रावन २०७८, सोमवार

नेपाल आदिवासी जनजाति महासंघ कतारले २७ औं विश्व आदिवासी दिवस मनाएको छ ।
संस्थाका कार्यवाहक अध्यक्ष भाईकाजी गुरुङको सभातित्वमा भएको कार्यक्रमको प्रमुख अतिथि नेपाल आदिवासी जनजाति महासंघ केन्द्रीय अध्यक्ष जगत बहादुर बराम रहनु भएको थियो ।
कार्यक्रममा संस्थाका उपमहासचिव धिरेन तामाङले स्वागत संस्थाका विशेष सल्लाहकार तथा पुर्ब अध्यक्ष देवराज राईले संस्थागत परिचय र संस्थाका सल्लाहकार तथा पुर्व अध्यक्ष सियाराम चौधरीले संस्थागत अवधारणा तथा कार्यक्रमको औचित्य बारे प्रकाश पार्नु भएको थियो ।

कार्यक्रममा २७ औं विश्व आदिवासी दिवसको अवसरमा प्रवासी भिजेल समाज कतारका अध्यक्ष वीर बहादुर भुजेल, पत्रकार महासंघ कतारका सचिब अर्जुन पौडेल, नेपाली समाज कतारका कावा अध्यक्ष तेज मुक्तान, नेपाली जनप्रगतिशिल मंचका अध्यक्ष रकम्ध्वोज राई, नेपाली जनसम्पर्क समिती कतारका कार्यवाहक अध्यक्ष ठाकुर परिवार, प्रवासी नेपाली मञ्च कतारका महासचिव प्रभात त्रिपाठीले शुभकामना मन्तब्य राख्नु भएको थियो ।
त्यसैगरी नेफिन इजरायलका बरिष्ट उपाध्यक्ष नानिमाया योन्जन तामाङ, नेफिन द कोरियाका अध्यक्ष युगेल तेन्डुप शेर्पा, नेफिन कतारका प्रमुख सल्लाहकार शिव कुमार भुजेल, गैर आवासिय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतारका प्रथम उपाध्यक्ष जैबी राईले शुभकामना मन्तब्य राख्नु भएको थियो ।

त्यसैगरी कार्यक्रमका प्रमुख अतिथी तथा नेफिन केन्द्रिय अध्यक्ष जगत बराम, विशिष्ट अतिथी नेफिन कतारका संस्थापक अध्यक्ष अमृत गुरुङ, उपाध्यक्ष तथा बिदेश बिभाग प्रमुख गोबिन्द छ्न्त्यालले आदिवासी जनजातिहरुको हक अधिकारको निम्ति अझ जुझारु भएर आन्दोलित हुनु पर्ने कुरामा जोड दिदै शुभकामना मन्तव्य राख्नु भएको थियो ।
कार्यक्रमको सन्चालन नेफिन कतारका महासचिव एकराज राईले गर्नुभएको थियो । कार्यक्रम जुम भर्चुअल माध्यमवाट भएको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर