३२ श्रावन २०७८, सोमवार

एजेन्सी । स्पेनिस लिग फुटबल ला लिगामा बार्सिलोनाले विजयी सुरुवात गरेको छ । १७ वर्षपछि लियोनल मेस्सीबिना सिजन सुरुवात गरेको बाािर्सलोनाले गएराति भएको खेलमा रियाल सोसिडाडलाई ४–२ ले हरायो ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

बार्साको जितमा मार्टिन ब्रेथवेटले दुई गोल गर्दा जेरार्ड पिके र सर्जी रोबर्टोले एक एक गोल गरे । सोसीडाडका युलेन लोबेते र मिकेल ओयरजबालले दुई गोल फर्काए ।

यो सिजन लियोनल मेस्सीले बार्सिलोना छाडेपछि टोलीले कस्तो प्रदर्शन गर्ला भन्ने कौतुहलताकै बिच शानदार सुरुवात गरेको हो । ला लिगाकै अन्य खेलहरुमा एथ्लेटिको मड्रिडले सेल्टा भिगोलाई २–१ ले हराउँदा सेभियाले रायो भायकानोलाई ३–० ले पराजित ग¥यो ।

प्रतिक्रिया

सम्बन्धित खवर