३१ श्रावन २०७८, आइतवार

रोजगारीको लागि विदेशमा गएका मध्ये सवैभन्दा धेरै मोरङ जिल्लाकाको विदेशमा ज्यान गएको छ । विदेशमा मृत्यु भएका १२सय४२ मध्ये सवैभन्दा धेरै मोरङका ५८जनाछन ।

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय वैदेशिक रोजगार सचिवालयका अनुसार मोरङ पछि धनुषा र सिराहका विदेशमा धेरै मृत्यु भएको छ । धनुषा र सिराहाका ५७–५७ जनाको मृत्यु भएको छ ।

त्यस्तै महोत्तरीका ५५ जना, झापाका ५३ जना, स्याङ्जाका ४६, सप्तरी र सुनसरीका ४४–४४ जना, नवलपरासी ९बर्दघाट सुस्तापूर्व० ४० जना, चितवनका ३६ जना, दाङ र कास्कीका ३३–३३ जनाको मृत्यु भएको छ । गोरखा तनँहुका२९, २९ जना,मकवानपुरका २०, पाँचथर र पाल्पाका २३ जनाको मृत्यु भएको छ ।

यसैगरी उदयपुरका २६,अर्घाखाचीका १७,ईलामका ११,ओखलढुगाका ७ जना कन्चनपुरका ९,कपिलवस्तुका २२,काठमाण्डौका ७ जना काभ्रेका १४जना,कालिकोटका २जना,कैलालीका ५जना,खोटागका १५जना गुल्मिका १४जना,जाजरकोटका २जनाले एक वर्षको अवधिमा विदेशमा ज्यान गुमाएका छन ।

त्यस्तै डडेलधुराका ४ जना,डोटिका २जना ताप्लेजुङका ५ जना,तेह्रथुमका ५ जना,दार्चुलाका ४जना,दैलेखका ६ जना,दोलखाका ७ जना,धनकुटाका ९ जना,धादिगका १०जना,नवलपरासी सुस्ता पुर्वका ८,नुवाकोटका १३जना,पर्वतका १०जनाको विदेशमा ज्यान गएको हो ।

यसैगरी पर्साका १०जना,पुर्वी रुकुमका २ जना,प्युठानका ६ जना,वर्दियाका १३ जना,वाँकेका १४जना ,वाग्लुगका १७जना, वाराका १८जना,भक्तपुरका ६ जना,भोजपुरका १५जना,मुस्तागका १जना,म्याग्दीका ८जनाको मृत्यु भएको छ ।

त्यस्तै रामेछापका १२जना,रुकुमका २,रौतहटका १३जना,लम्जुङका १८जना,ललितपुरका ७जना,संखुवासभाका ८जना,सल्यानका १७जना,सिन्धुपाल्चोकका १९जना,सिन्धुलीका १५जना,सुर्खेतका ११ जना,सोलुखुम्वुका ७ जनाको मृत्यु भएको छ ।

देशका ७७ जिल्ला मध्ये विदेशमा ६७ जिल्लाका नेपाली श्रमिकहरुले ज्यान गुमाएको सचिवालयले निकालेको तथ्यांङकमा उल्लेख गरिएको  छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर