३१ श्रावन २०७८, आइतवार

गोरखामा कोरोना संक्रमितको संख्या बढ्‍दै जान थालेपछि जिल्ला प्रशासन कार्यालयले थप कडाइ गर्दै ११गतेसम्म निषेधाज्ञा थप गरेको छ । अव गोरखामा उनका अनुसार दैनिक उपभोग्य वस्तु विउविजन निर्माण सामग्री बिक्री वितरण गर्ने पसलसँगै वर्कशस बिहान ५ देखि १० बजेसम्म मात्र खोल्न पाइने छ ।  यी बाहेकका अन्य सबै पसलहरु भने बन्द रहने छन् । औषधी र पेट्रोल पम्प भने २४ सै घण्टा खुल्ला रहनेछ ।
अत्यावश्यक सेवा बाहेकका अन्य सरकारी तथा गैरसरकारी कार्यालयहरुले सेवा पनि ठप्प हुने भएको छ ।

यसैगरी मकवानपुरमा भदौ १० गतेसम्म निषेधाज्ञा थपिएको छ ।अत्यावश्यक उपभोग्य वस्तु विक्री वितरण गर्ने पसल व्यवसाय विहान ५ बजेदेखि विहान १० बजेसम्म र अन्य व्यवसायहरु विहान १० बजेदेखि ५ बजेसम्म खुल्ला हुनेछन । सार्वजनिक सवारी साधनको हकमा भने जोर–बिजोर प्रणालीमा कुल सिट क्षमताभन्दा बढी यात्रु नराख्ने गरी बिहान ६ बजेदेखि साँझ ७ बजेसम्म संचालन गर्न पाईने छ ।

यस्तै नवलपुरमा भदौ १० गते सम्म निषेधाज्ञा थप गरिएको छ । त्यहा यस अघि जारी गरिएको आदेशहरुलाई निरन्तरता दिईएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर