३१ श्रावन २०७८, आइतवार

तालिबानी लडाकुहरु अफगानिस्तानको राजधानी काबुल प्रवेश गरेका छन् । अन्तराष्ट्रिय समाचार संस्थाले बताएअनुसार लडाकुहरू अहिले काबुलको बाहिरी क्षेत्रमा छन्।

https://amzn.to/4myfPN5

अफगानिस्तानको राजधानी कब्जा गर्ने तयारीमा रहेको लडाकुहरुले शान्तिपुर्वक शहर छाडन भनेका थिए ।

आइतबार दिउँसो तालीवानीले वक्तव्य जारी गदै आफूहरू भिडन्त गर्दै काबुल नपस्ने भनेको छ ।

शान्तिपूर्ण तरिका काबुल पस्नेबारे कुरा भइरहेको वक्तव्यमा उल्लेख छ । साथै कुनै पनि नागरिक र सैनिकहरूविरूद्ध आफूले बदला नलिने बरू उनीहरूलाई माफी गरिएको तालिबानले जनाएको छ ।

तालिबानहरू काबुल पसेपछि संयुक्त राज्य अमेरिकाले भने आफ्नो राजदूतावासका कर्मचारीहरूलाई हेलिकप्टरबाट हमिद कारजाई विमानस्थलमा पुर्‍याएको छ। उक्त विमानस्थलको सुरक्षामा अहिले पनि अमेरिकी सैनिक खटिएका छन्।

हिंसाका कारण साढे दुई लाखभन्दा बढी मानिस विस्थापित भएका छन् । सन् २००१ देखि अफगानिस्तानमा रहेको अमेरिकी नेतृत्वको नेटो सैनिकले धमाधम अफगानिस्तान छाडिरहेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर