
३१ श्रावन २०७८, आइतवार
नेपाल कम्युनिस्ट पार्टी एमालेका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री गोकुलप्रसाद बाँस्कोटाले व्यक्ति र धर्म संस्कृति जोडिएकै थिएन भने भैसी पूजा र होली वाइन समारोह किन आयोजना गरिए? भन्दै प्रश्न गरेका छन्।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमाले वरिष्ठ नेता माधव नेपाललाई लक्षित गर्दै बाँस्कोटाले सामाजिक सञ्जाल ट्विटरमा ट्विट गर्दै उक्त कुरा बताएका हुन्।
प्रचण्ड प्रधानमन्त्री हुँदा भैसी पूजा गरेको भन्दै कम्युनिष्ट नेताहरूबाट समेत खुलेर प्रचण्डको आलोचना भएको थियो।