
३१ श्रावन २०७८, आइतवार
नवलपरासी बर्दघाट सुस्तापूर्वको कावासोती नगरपालिका–१६, चालीस किलोमा बस दुर्घटना हुँदा १७ जना घाइते भएका छन्।
पूर्व–पश्चिम राजमार्गमा ना५ख ६५६७ नम्बरको बस शनिबार बेलुका करिब पौने ८ बजे आफैँ अनियन्त्रित भई सडकबाट अन्दाजी २० मिटर तल खसेको थियो। दुर्घटनामा घाइते भएका घाइतेहरुको उपचार भइरहेको छ।
जिल्ला प्रहरी कार्यालय नवलरासी सुस्तापूर्वले बससहित चालकलाई नियन्त्रणमा लिएको जनाइएको छ।