
३१ श्रावन २०७८, आइतवार
जापानमा एक नेपाली युवाको निधन भएको छ ।
दुईवर्ष अघि पढाईको सिलसिलामा जापान पुगेको महेन्द्रनगरका ३१ वर्षिय कुवेर धामिको शेन्दाई शहरमा सुतकै अवस्थामा शनिवार निधन भएको हो ।
अरु दिनमा जस्तै वाहिर सामान्य काममा गएर फर्किएपछि करीव रातीको एक वजेतिर उनी सुतेका थिए ।
विहान ढिलो उठनेभएका कारण साथीहरु उठेर वाहिर गएका थिए । वाहिरवाट साथीहरु कोठामा आउदा सम्म पनि नउठेको देखेपछि उठाउन खोज्दा उनको सुतेकै ठाउँमा उनको निधन भएको थियो
साथीहरुले प्रहरीलाई खबर गरेपछि प्रहरी आएर धामीलाई अस्पताल लगेको भएपनि उनको पहिले नै निधन भइसकेको पुष्टि भएको थियो । प्रहरीले धामीको शवको पोष्टमार्टमको काम भइरहेको बताएको छ । धामि मारुची सन्मोन विद्यालयमा अध्ययनरत थिए ।
धामीको बारेमा नेपाल स्थित परिवारलाई जानकारी गराइएको र पोष्टमार्टम लगायत प्रक्रिया सकिएपछि जापानमा नै दाहसंस्कार गरिने भएको छ ।