३१ श्रावन २०७८, आइतवार

ब्रिटिश भेट्रान्सहरुले गोर्खा आन्दोलनमा ऐक्यवद्धता जनाउँदै प्रदर्शन गरेका छन्।
८ दिन देखि आमरण अनसन बसिरहेका गोर्खाहरुलाई साथ दिंदै ब्रिटिश भेट्रान्सहरुले प्रदर्शन गरेका हुन् ।

सेन्ट्रल लण्डनको ट्राफलगर स्क्वायर देखि मार्चपास गर्दै भेट्रान्सहरु बेलायती प्रधानमन्त्री कार्यालय हुँदै संसद भवनसम्म पुगेका थिए ।
ब्रिटिश भेट्रान्स र नागरिकहरुको साथले हामीलाई थप उर्जा मिलेको छ’ गोर्खा सत्याग्रह संघर्ष समितिका प्रमुख संयोजक कृष्णबहादुर राईले भने ।

आज आइतबार प्रधानमन्त्री कार्यालय अगाडि प्रदर्शनको तयारी छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर