
३० श्रावन २०७८, शनिवार
नेपाली दुतावास मलेसियाले यस हप्ता मात्रै चार जना नेपालीहरुको उद्धार गरेको छ । विभिन्न कारणले समस्यामा परेका उनीहरुको उद्धार गरिएको हो ।
गैर आवासिय नेपाली संघ मलेसिया,प्रवासी नेपाली समन्वय समिति तथा मलेसियामा रहेका विभिन्न संघसंस्थाहरुको सहयोग र समन्वयमा उनीहरुको उद्धार गरिएको हो । उद्धार गरिएका चारैजना नेपाल आईपुगेका छन ।
जोहोरवारुको पासिरगुडाङमा होटेलमा काम गर्दागर्दै अलपत्र परेका सन्जीप कुमार महतो,विरामि अवस्थामा रहेका भोगेन्द्र यादवको उद्धार गरिएको हो ।
यसैगरी सात वर्ष देखि मलेसियामा अवैधानिक अवस्थामा रहेर अलपत्र परेका मोदनाथ तिमिल्सेना र प्यारालाईसिसि भएर दुख पाईरहेका सन्चमान दोङको उद्धार गरिएको हो ।